असन्तुष्टलाई सम्मानजनक व्यवहार गरिन्छ : सुवासचन्द्र नेम्वाङ
नेपालखोज
२०७७ फागुन २६ गते १५:०७

काठमाडौं । नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङले पार्टीमा असन्तुष्ट पक्षलाई सम्मानजनक व्यवहार गरिने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा संसदीय दलका उपनेता नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएकाले एमालेमा फर्कने सबैका लागि सम्मानजनक व्यवहार गरिने स्पष्ट गरे ।
उनले जनता समाजवादी पार्टीसँग उसका मागका विषयमा छलफल भएपनि सत्ता साझेदारीबारे हाल कुरा नभएको प्रतिक्रिया दिए । सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट एमाले र माओवादी केन्द्रको एकता बदर गरी पूर्ववतावस्था कायम भएको थियो ।
सम्बन्धित

प्रतिक्रिया