पाकेटमार र चोरी कार्यमा संलग्न दुई महिला पक्राउ
नेपालखोज
२०७७ फागुन २६ गते १५:५२

काठमाडौं । काठमाडौँ महानगरपालिका १४ कलंकीबाट दुई जना महिला पाकेटमार पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँ, गोंगबु ११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौँ मनमैजु बस्ने २३ वर्षीया सिर्जना उप्रेती रहेका छन् ।
महानगरीय प्रहरी प्रभाग कंलकीका प्रमुख प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काले उनीहरुको साथबाट ३४ हजार ५ सय ५० रूपैयाँ समेत बरामद गरिएको जानकारी दिइन् ।
प्रहरी नायव निरीक्षक मिठ्ठु खड्काका अनुसार उनीहरुलाई पकेट मार्दै गर्दा नियन्त्रणमा लिइएको हो । उनीहरु लामो समयदेखि कलंकी, कालिमाटी, बल्खु, बाफल एरियालाई आधार बनाई चोरी, पकेट मार्ने तथा ठग्ने काममा संलग्न भएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया