मंगलबार, मंसिर १८, २०८१

जोशीको अवस्था बुझ्न देउवा नर्भिक अस्पतालमा

नेपालखोज २०७७ फागुन २६ गते १७:१५

काठमाडौं । मष्तिष्कघात भई उपचाररत् नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न आज (बुधबार) पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नर्भिक अस्पताल पुुगेका छन ।

फागुन १४ गते मष्तिष्कघात भई कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी अझै कोमामै रहेका छन । जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेको र पछिल्ला केही दिनदेखि अवस्था थप बिग्रिएको खबर आइरहेको बेला पूर्व प्रधानमन्त्री देउवाले थापाथलीस्थित नर्भिक अस्पतालमा गएर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुन् ।

देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको बिषयमा जानकारी लिएका थिए । देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनलाई सान्त्वना समेत दिएका थिए । उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले जोशी अझै कोमामै रहेको र भेन्टिलेटरको सपोर्टमा राखिएको विषय जानकारी गराएका थिए ।

सो क्रममा देउवाले नर्भिक अस्पतालको उपचार पद्धतिको विषयमा समेत खुलेरै प्रशंसा गरेका थिए । उनले जोशीको उपचारमा नर्भिकले अपनाएका उपायहरुको प्रशंसा गर्दै अस्पताललाई धन्यवाद समेत ज्ञापन गरेका थिए ।

प्रतिक्रिया