प्रधानमन्त्री थाहा छैन, फेरि सभापति हुन्छु : देउवा
नेपालखोज
२०७७ फागुन २६ गते १७:१८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पुनः पार्टीको सभापति हुने तयारीमा रहेको बताएका छन् ।
कांग्रेस निकट आदिवासी जनजाती नेताहरूसँग आफ्नै निवास बुढानिलकण्ठमा भेट्दै देउवाले पुनः सभापति हुने एक मात्रै उद्देश्य भएको बताएका हुन् ।
उनले प्रधानमन्त्री पदसँग मतलब नभएको बताएका छन् । ‘कम्युनिष्टहरुको भरै हुँदैन, त्यसैलै प्रधानमन्त्री पदसँग मतलब छैन । सभापति हुने हो,’ देउवाको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने ।
कम्युनिष्टहरुको सहयोगमा प्रधानमन्त्री बने पनि एकाध महिनामा हटाउने खेल खेल्ने भन्दै देउवाले कम्युनिष्टको भर नभएको बताएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया