प्रधानमन्त्रीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गरे : गगन थापा
नेपालखोज
२०७७ फागुन २७ गते १९:२७

बाग्लुङ । नेपाली कांग्रेस नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका सबै संयन्त्रलाई ओलीकरण गर्न खोजेको आरोप लगाएका छन् ।
बाग्लुङमा बिहीबार आयोजित कार्यक्रममा उनले ओलीको नियत ठिक नभएको भन्दै सबै संयन्त्र कब्जा गरी लोकतन्त्र ध्वस्त पार्न खोजेको जिकीर गरे ।
सम्मृद्धिको नक्कली नारा दिएर मुलुकलाई अधोगति तर्फ धकेलेको भन्दै थापाले मुलुक झन् बर्वादीतिर गएको छ भने ।
सम्बन्धित
प्रतिक्रिया