शुक्रबार, वैशाख १४, २०८१

साताको अन्तिम दिन सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७७ फागुन २८ गते ११:२२

काठमाडौं । साताको अन्तिम कारोबारदिन आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार ८६ हजार ८ सयमा कारोबार भएको सुनको मूल्यमा शुक्रवार ६ सय रुपैयाँले घटेर प्रतितोला ८६ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ८५ हजार ७ सय ५० कायम रहेको छ ।

यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बिहीबार एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा आज १५ रुपैयाँले घटेर प्रतितोला एक हजार दुई सय ७० रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया