शुक्रबार, वैशाख १४, २०८१

रिभर फल्स पावरले ३ लाख ४३ हजार कित्ता आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

नेपालखोज २०७७ फागुन २८ गते ११:२९

काठमाडौं। रिभर फल्स पावरले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ । जसकालागि कम्पनीले प्रभु क्यापिटलसँग सम्झौता गरी बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सम्झौताका लागि रिभरका तर्फबाट मित्रलाल श्रेष्ठ र प्रभुका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरे ।

कम्पनीले ३ लाख ४३ हजार कित्ता सेयर सर्वसाधरणमा जारी गर्ने जनाएको छ । कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको पिलुवा खोलामा १०.३ मेगावाटको जलविद्युत निर्माण गरिरहेको छ ।

आयोजनाको ६० प्रतिशत काम भईसकेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया