शनिबार, जेठ ५, २०८१

सुन ताेलामा १८ सय रूपैयाँले घट्याे, कतिमा हुँदै छ काराेबार ?

नेपालखोज २०७८ चैत १ गते १०:४७

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला १८ सय रूपैयाँले घटेर १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि १८ सय रूपैयाँले घटेको छ । आज तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भइरहेको छ । साेमबार १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य ३५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया