शुक्रबार, चैत १६, २०८०

साताको सेयर बजार : नेप्से २४ सय ५८ दशमलव ४८ अंकमा, कारोवार रकम १३ अर्ब ८५ करोडमा खुम्चियो

नेपालखोज २०७७ फागुन २८ गते १४:१४

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता सेयर बजार खासै सुखद देखिएन । नेप्सेको नियमित कारोवार कक्ष पाँच कार्य दिन नै खुल्ला रहने भएपनि यो साता दुई दिन सार्वजनिक बिदा परेको थियो । सोही अनुरुप तीन कार्य दिन मात्र नेप्से खुल्ला रहेकोमा तीन कार्य दिन नै नेप्से सुचक तथा कारोवार रकम घटेपछि लगानीकर्ताहरु निरास भएकाछन ।

लगातार ओरालो लागेपछि नेप्से यो साता २४ सय ५८ दशमलव ४८ अंकमा खुम्चिएको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४५ दशमलव २३ अंकमा खुम्चिएको छ । यो साता कुल दुई सय ११ वटा कम्पनीहरुको एक लाख ५३ हजार पाँच सय नौ पटक सेयर किनबेच भएकाछन । जसअनुसार तीन करोड २० लाख ७८ हजार एक सय २२ कित्ता सेयर खरिद बिक्री कुल कारोवार रकम १३ अर्ब ८५ करोड ८५ लाख ८० हजार नौ सय ६४ रुपैयामा सिमित भएको छ ।

गत साता भने नेप्सेमा कुल दुई सय १२ वटा कम्पनीहरुको तीन लाख ६० हजार एक सय २५ पटक कारोवार भएको थियो । जसअुसार छ करोड ८९ लाख ७७ हजार चार सय ४६ कित्ता सेयर किनबेच हुंदा कुल कारोवार रकम ३२ अर्ब ४८ करोड एक लाख ५९ हजार ७३ रुपैयाँ पुगेको थियो । यो साता पहिलो, तेस्रो र चौथो दिन नेप्से खुल्ला रहेको थियो भने दोस्रो र पाँचौं दिन नेप्से बन्द रहेको थियो ।

सोही आधारमा यो साता पहिलो दिन २१ दशमलव ५८ अंकले घटेर २४ सय ८५ दशमलव नौ अंकमा झरेकोमा चौथो दिन पुन तीन दशमलव चार अंकले घटेर दुई हजार चार सय ५८ दशमलव ४८ अंकमा सिमित हुन पुगेको थियो । यसैगरी सेन्सिटिभ पनि पहिलो दिन एक दशमलव ७८ अंकले घटेर चार सय ४९ दशमलव ६८ अंकमा झरेकोमा चौथो दिन शुन्य दशमलव शुन्य दुई अंकले उकालो लागेर चार सय ४५ दशमलव २३ अंकमा चढेको थियो ।

यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नविल बैंक, एनआईसी एशिया बैंक आदिको बढी रकम कारोवार भएकाछन भने कारोवार भएको सेयर संख्याको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक र नेशनल हाईड्रो पावर कम्पनी अगाडि परेकाछन ।

पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि अगाडि परेकाछन । यो साता छिमेक लघुबित्त वित्तीय संस्था, माछापुच्छ्रे बैक, लक्ष्मी बैंक, ज्योति बिकास बैंक, एनएमबी बैंक, नविल बैंक, अरुण कावेली पावर लिमिटेड आदिको बोनस सेयर सुचीकृत भएकाछन ।

प्रतिक्रिया