शनिबार, जेठ ५, २०८१

सुनको मूल्य १ सयले घट्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७९ असार २७ गते १०:५३

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनको भाउ घटेकाे छ, भने स्थिर रहेको छ । छापावाल सुन प्रतितोला १ सयले घटेर ९४ हजार ७ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ १ सयले घटेको छ । आज प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९४ हजाज ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी आज प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार पनि चाँदी पनि प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको विभागले जनाएको छ ।

प्रतिक्रिया