नेपालले विश्वकप छनोटका, खेल्न बाँकी सबै खेलहरु कुबेतमा खेल्ने
नेपालखोज
२०७७ फागुन २८ गते १४:५२

काठमाडौं । विश्वकप छनोटका नेपालको बाँकी खेल सबै कुवेतमा हुने भएको छ । एसियाली फुटबल महासंघ एएफपीले एसियाको विश्वकप छनोट समूह ‘बी’ का बाँकी सबै खेल एक स्थानका रूपमा कुवेतमा गर्ने शुक्रबार निर्णय गरेको हो ।
यससँगै कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलका नेपालमा हुने भनिएका सबै खेल नहुने भएको छ । नेपालको समूहमा कुवेतसँगै अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेयी रहेका छन् । त्यसमध्ये नेपालले अस्ट्रेलिया, जोर्डन र चिनियाँ ताइपेईविरुद्ध खेल्न बाँकी छ र यी खेल यसअघि काठमाडौंको दशरथ रंगशालामा हुने तय थियो । अब छनोटका खेल मे ३१ देखि जुन १५ सम्म हुने भएको छ ।
सम्बन्धित
प्रतिक्रिया