शुक्रबार, वैशाख ७, २०८१

सर्वोच्चको न्यायाधीशमा कुमार र नहकुलको नाम सिफारिस

नेपालखोज २०७७ फागुन २८ गते १६:२९

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा डा. कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरिएको छ । शुक्रबार बसेको न्याय परिषद्को बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश डा. कुमार चुडाल र उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिस गरेको हो ।

शुक्रबारकै बैठकले उच्च अदालतका लागि न्याय सेवाका विशिष्ट श्रेणीबाट दुई जनालाई न्यायाधीश लागि सिफारिस गरेको छ । महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता नारायण प्रसाद पौडेललाई उच्च अदालत पाटन र कानून मन्त्रालयका सचिव ऋषि राजभण्डारीलाई उच्च अदालत पोखरामा न्यायाधीशका लागि सिफारिस भएको हो ।

त्यसैगरी जिल्ला न्यायाधीश मध्येबाट जगतनारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तम प्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला, अमृतबहादुर बस्नेत र मेदिनीप्रसाद पौडेललाई विभिन्न उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरिएको छ ।

यसरी न्याय परिषद्को शुक्रबारको बैठकले सर्वोच्च अदालतमा रिक्त २ न्यायाधीश र उच्च अदालतका लागि १८ जना न्यायाधीशको नाम सिफारिस गरेको हो ।

परिषद्ले सिफारिस गरेपछि अब ४५ दिनभित्र संसदीय सुनुवाई गरिसक्नुपर्नेछ । ४५ दिनभित्र संसदीय सुनुवाई नभए स्वतः नियुक्त हुनेछन् ।

प्रतिक्रिया