शुक्रबार, वैशाख १४, २०८१

थप ४८ जनामा कोरोना संक्रमण, ६१ जना डिस्चार्ज

नेपालखोज २०७७ फागुन २८ गते १६:४१

काठमाडों । नेपालमा पछिल्लो २४ घण्टामा ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय १२ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार एक सय १८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या दुई लाख ७१ हजार एक सय ७७ जना पुगेको छ । नेपालमा अहिले नौ सय २९ जना सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि ज्यान गएको छैन् । नेपालमा अहिलेसम्म तीन हजार १२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया