बुधबार, वैशाख १२, २०८१

कोरोना संक्रमण बढ्न थालेपछि केन्यामा फेरि दुई महिना कर्फ्यू

नेपालखोज २०७७ फागुन २९ गते ६:४६

एजेन्सी । कोरोना संक्रमण बढ्न थालेपनि केन्यामा फेरि दुई महिना कर्फ्यू घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्यूको समयावधि लम्ब्याइएको घोषणा गरेका हुन् ।

रातिको समयका लागि मात्रै लगाइएको कर्प्यूको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यू देशव्यापी हुने अधिकारीहरुले जनाएका छन् ।

केन्यामा कारोनाभाइरसको संक्रमण बढेपछि त्यसलाई न्यूनीकरण गर्न कर्फ्यू लगाइएको राष्ट्रपति केन्याटाले बताएक छन् । केन्यामा अब तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी दिइएको छ । त्यसैले होटल, बार तथा रेस्टुरेन्टहरु राति ९ बजेपछि बन्द गरिसक्न निर्देशन छ ।

पूर्वीअफ्रिकी कतिपय देशहरुमा जस्तै केन्यामा पनि अहिले दिउँसोको समयमा समेत धेरै गतिविधिहरुमा प्रतिवन्ध लगाइएको छ । केन्याका बैदेशिक सिमानाहरु अहिले पनि बन्द गरिएको छ भने विद्यालयहरुमा पनि विदा दिइएको छ । हरेक दिन बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लागु हुने जनाइएको छ ।

प्रतिक्रिया