शुक्रबार, वैशाख १४, २०८१

महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ

नेपालखोज २०७७ फागुन २९ गते ६:५१

काठमाडौं । महाशिवरात्रिमा पशुपतिनाथ दर्शनमा आएका साधुसन्तलाई आज दक्षिणासहित बिदाइ गरिने भएको छ । आज बिहान ९ बजेपछि साधुसन्त बिदाइको कार्यक्रम राखिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

यस वर्ष कोषले रु १०० देखि रु १५ हजारसम्म दक्षिणा दिएर साधुसन्त बिदाइ गर्ने तयारी गरेको छ । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिने कोषले जनाएको छ ।

त्यस्तै, गुठी संस्थानले पनि साधुसन्तलाई दक्षिणा एवं फाल्गुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गरेका सामग्री दिएर बिदाइ गरिन्छ ।

प्रतिक्रिया