बिहीबार, वैशाख १३, २०८१

काठमाडौं मेयर कप : उपाधिको लागि एपिएफ र पुलिस भिड्दै

नेपालखोज २०७७ फागुन २९ गते ७:३१

काठमाडौं । काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगमा आज उपाधि भिडन्त हुँदैछ । उपाधिका लागि आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ९:३० मा टियु मैदानमा सुरु हुनेछ ।

पहिलो संस्करणको फाइनलमा मैदान उत्रदा एपीएफ र पुलिस उपाधि आफ्नो बनाउने लक्ष्यमा हुनेछ । एपीएफका कप्तान शरद भेषवाकर र पुलिसका कप्तान मन्जित श्रेष्ठ उपाधि जित्नेमा विश्वस्त छन् ।

फाइनल अघि शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुबै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताए । एपीएफ ४ खेलमा ३ जितसहित दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । तर, फाइनलमा एपीएफलाई चोटग्रस्त खेलाडीले सताउने छ ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टिमले ३ लाख पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार प्राप्त गर्नेछ । उत्कृष्ट ब्याट्सम्यान र बलरले २५/२५ हजार पाउने छन् ।

प्रतिक्रिया