बुधबार, माघ १२, २०७८

माधव नेपाल र झलनाथ खनाल समूहले समानान्तर पार्टीको संरचना बनाए

नेकपा एमाले खनाल–नेपाल समूहद्वारा सामानान्तर संरचना बनाउँदै प्रदेश संयोजकहरु मनोनित

नेपालखोज २०७७ फागुन २९ गते १५:०५

काठमाडौं । नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल समूहले समानान्तर संरचना बनाएका छन् । सो समूहको आज बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसे पछि काउन्टरमा समानान्तर रसंरचना खडा गरिएको एक नेताले जानकारी दिए।

प्रदेश नम्बर १ को संयोजकमा भीम आचार्य, प्रदेश नम्बर २ मा घनश्याम भुसाल, वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डेचुनिएका छन् । लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजनको जिम्मेवारी भीम रावललाई दिइएको बताईएको छ ।

युवा संगठनको जिम्मेवारी रघु पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराईलाई बनाइएको छ । महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, वुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानुन विभागको प्रमुखको जिम्मेवारी गोविन्द वन्दी र टीकाराम भट्टराईलाई दिइएको छ ।

नेता नेपालले हिम्मतका साथ अगाडि बढनुपर्ने समय आएको जिकीर गरेका छन् । अहिलेको अवस्थामा केही पार्टी नेता तथा कार्यकर्तामा निरासा छाउनसक्ने भन्दै नेपालले हिम्मतका साथ अगाडि बढ्नुपर्ने बताएका हुन्।

प्रतिक्रिया