मंगलबार, वैशाख ११, २०८१

म्यान्चेस्टर सिटी उपाधि नजिक

नेपालखोज २०७७ चैत १ गते ८:४२

एजेन्सी । इङ्लिसल प्रिमियर लिगमा यसपटक म्यान्चेस्टर सिटी उपाधि नजिक पुगेको छ । शनिबार राति भएको खेलमा तल्लो क्रममा रहेको फुलह्यामलाई ३–० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि नजिक पुगेको हो ।

चौतर्फी दबाब सिर्जना गरे पनि सिटीले पहिलो हाफमा कुनै गोल गर्न सकेको थिएन । तर दोस्रो हाफ शुरु हुनासाथ ४७औं मिनेटमा सिटीका लागि जोन स्टोनले पहिलो गोल गरेका थिए ।

त्यसपछि ५६औं मिनेटमा गाब्रियल जिससले गोल गरेका थिए भने ६०औं मिनेटमा सर्जिओ अग्वुरोले पेनाल्टीमा गोल गरेर सिटीको जित सुनिश्चित गरेका थिए ।

यो जितसँगै सिटीको ३० खेलबाट ७१ अंक भएको छ । अर्थात् दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडभन्दा सिटी १७ अंकले अगाडि पुगिसकेको छ । अब लिगमा सिटीको ८ खेल मात्र बाँकी छ भने युनाइटेडको १० खेल बाँकी छ ।

फुलह्याम भने पराजित हुँदै रेलिगेसन जोनमा परेको छ ।

प्रतिक्रिया