शुक्रबार, वैशाख १४, २०८१

अनिश्चितकालका लागि प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

नेपालखोज २०७७ चैत १ गते १३:१८

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आइतबार प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले एक सूचना जारी गर्दै सो कुराको जानकारी दिएका हुन् ।

उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए । फागुन ९ गते प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता भएपछि फागुन २३ गतेसम्म बैठक स्थगित गरिएको थियो ।

त्यसपछि फेरि चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो । चैत २ गतेको बैठक पनि एक दिनअघि सूचना टाँसेर स्थगित गरिएको हो ।

मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा छलफल गर्नुपर्ने हुन्छ । तर, पटक–पटक बैठक स्थगित हुँदा अविश्वास प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

प्रतिक्रिया