ओलीको निर्णय कार्यान्वयन नगराउन माग गर्दै नेपाल समूह निर्वाचन आयोगमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको निर्णय कार्यान्वयन नगराउन माग गर्दै नेपाल समूह निर्वाचन आयोग पुगेको छ ।
नेपाल समूहका स्थायी कमिटी सदस्यहरु निर्वाचन आयोग पुगेका हुन् । ११ जना स्थायी कमिटी सदस्यहरुको हस्ताक्षरसहित उनीहरु आयोग पुगेका हुन् ।
“वैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसला एवम् त्यस आयोगको सूचना विपरीत गरिने कुनै पनि काम कारवाही नेकपा एमालेको वैधानिक व्यवस्था, संगठनात्मक प्रणाली र एकतामाथि आघात पु¥याउने र अवैधानिक ठहर्छ,” आयोगलाई लेखेको पत्रमा भनिएको छ, “हामी निदवेकसमेत पार्टीका नेताहरु हाम्रो पार्टीलाई विधिसम्मत किसिमले सञ्चालन गर्दै एकतावद्ध र एकीकृत बनाइ राख्न दृढ संकल्पित भएकोले उपर्युक्त वैधानिक व्यवस्था विपरीतको निर्णयलाई आयोगमा विवरण सच्याउन माग भई आएमा त्यस्तो अनधिकृत निर्णयलाई त्यस आयोगबाट वैधानिकता नदिन अनुरोध गर्दै अनधिकृत, अवैधानिक र संविधान तथा सर्वोच्च अदालतको फैसला विपरीतका कुनै पनि व्यक्ति विशेष वा गुट विशेषका निर्णयलाई वैधता नदिन हुनका लागि यो निवेदन पेस गरेका छौँ ।”

प्रतिक्रिया