शुक्रबार, वैशाख १२, २०८२

दक्षिण बाराही महिला साकाेसको २३औं स्थापना दिवस केक काटेर मनाइयो

नेपालखोज २०७७ चैत १ गते १८:४८

भक्तपुर । दक्षिण बाराही महिला बचत तथा ऋण सहकारीले २३औं स्थापना दिवस सम्पन्न गरेको छ ।

आइतबार संस्थाकी सल्लाहकार बिमला घिमिरे र अध्यक्ष निर्जला दाहाल ढुंगेलले पानसमा बत्ति बालेर उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । सदस्यता नं. १ देखि ३५ सम्मका सदस्यहरु भेला भएर मनाईएको संस्थाको स्थापना दिवसमा संस्थाका पूर्व अध्यक्षहरुको पनि उपस्थिती रहेको कोषाध्यक्ष तारा सापकोटाले बताइन् ।

दक्षिण बाराही महिला बचत तथा ऋण सहकारीको रजिष्टर्ड कार्यालय सूर्यविनायक नगरपालिका वडा नं. ४ मा शुभकामना आदानप्रदान गर्दै उक्त स्थापना दिवस सुरु भएको थियो । संस्थाका अध्यक्ष निर्जला दाहाल ढुंगेल तथा पूर्व अध्यक्षहरु राधिका बराल तथा कविता ढुंगेलले केक काटेर स्थापना दिवसको सुरुवात गरेका थिए ।

शिक्षा उप समितिको संयोजकत्वमा भएको उक्त कार्यक्रममा संस्थाकी सचिव पार्वती घिमिरे भण्डारीले सञ्चालन गरेकी थिइन् भने शिक्षा उपसमिति सदस्य शारदा खनाल काफ्लेले संस्थाको तर्फबाट स्वागत मन्तव्य पेश गरेपछि व्यवस्थापक दिपा क्षेत्रीले प्रगति विवरण पेश गरेकी थिइन् ।

प्रतिक्रिया