मंगलबार, असार १७, २०८२

ओलीको आयोजनामा मङ्गलवार बिहान बालुवाटारमा चियापान

नेपालखोज २०७७ चैत १ गते २०:४०

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले यही मङ्गलवार चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

मङ्गलवार बिहान ११ बजे सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरिएको नेता सुवासचन्द्र नेम्वाङ्गले जानकारी दिए । चियापानमा सहभागी हुन एमालेका केन्द्रीय कमिटीका सबै सदस्यलाई मोबाइलमा एसएमएस गरी निम्तो पठाइएको छ ।

झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि चियापानमा निम्तो गरिएको छ । यसअघि खनाल–नेपाल समूहले बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।

गएको फागुन २३ गते सर्वोच्च अदालतले ओली प्रचण्डको नेकपाको आधिकारिकता खारेज गर्दै एकताअघिको अवस्था पुगेको फैसला गरेको थियो ।

प्रतिक्रिया