प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित
नेपालखोज
२०७७ चैत २ गते १०:१४

काठमाडौं । प्रदेश १ को प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै सुरु भएको सातौं तथा हिउँदे अधिवेशन पहिले नेकपा विवाद र अहिले एमाले भित्रको विवादका कारण अनिश्चित भएको जनाइएको छ ।
पछिल्लो समय चैत २ गते भोलिका लागि आह्वान गरिएको बैठक सूचना टाँस गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । फागुन २० गतेका लागि आह्वान गरिएको बैठक पनि सूचना टाँस गर्दै चैत २ गते सम्मका लागि स्थगित भएको थियो ।
मुख्यमन्त्री राईविरुद्ध प्रदेशसभा सचिवालय हुँदै प्रदेशसभामा प्रस्तुत भएको अविश्वासको प्रस्तावमा सहभागी हुने नेकपा सांसदमा कारवाही र निलम्बनको आधिकारिकताको विषयमा विवाद थियो ।
सम्बन्धित

प्रतिक्रिया