धुम्बाराहीमा प्रधानमन्त्री ओली र नेता नेपालबीच छलफल हुँदै
नेपालखोज
२०७७ चैत २ गते १०:४३

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच छलफल हुने भएको छ ।
प्रधानमन्त्री ओलीले नेता नेपाललाई छलफलका लागि बालुवाटार बोलाएका थिए । तर, नेपालले एक्कै भेट्न अस्वीकार गरेका छन् ।
नेपालले आफू पक्षका नेताहरु सहित पार्टी कार्यालय धुम्बाराही जाने भएपछि ओली पनि छलफलका लागि आफू पक्षीय नेताहरु सहित आउने भएका छन् । दुवै पक्षबीच बिहान ११ बजे छलफल गर्ने निश्चित भएको बताइएको छ ।
सोमबार पार्टीको आन्तरिक विवाद समाधानका विषयमा ओली र नेपालबीच धुम्बाराहीमा छलफलको तयारी भएको बताइएको छ ।
छलफलमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, प्रदिप कुमार ज्ञवाली र विष्णु पौडेलसहितका नेताहरु सहभागी हुने छन् । नेपाल पक्षीयबाट नेपालसहित झलनाथ खनाललगायतका नेता छन् ।
सम्बन्धित

प्रतिक्रिया