बामदेवको छुट्टै बैठक

नेपालखोज २०७७ चैत २ गते ११:१३


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पनि आफ्नो समूहको बैठक बोलाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गतेको बैठकबाट ओलीले एमालेको अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारी खारेज गरेका थिए ।

ओलीले एकलौटी निर्णय गर्दै आफू निकट नेताहरुको जिम्मेवारी खोसेपछि उपाध्यक्ष गौतमले बैठक बोलाएका हुन् ।

उनले ओलीको कदमप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने अडान लिएका छन् । बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरी निर्णय लिने बताइएको छ ।

प्रतिक्रिया