राष्ट्रपति भण्डारीले आज कोरोनाविरुद्धको खोप लगाउने
नेपालखोज
२०७७ चैत २ गते ११:४२

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार कोरोनाभाइरस विरुद्धको खोप लगाउने भएकी छन् ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा अपराह्न ४ बजे राष्ट्रपति भण्डारीले खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने फागुन २३ गते खोप लगाएका थिए ।
नेपालमा हालसम्म १५ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल ६५ वर्षमाथिका नागरिकलाई खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ भने यही चैत ४ गतेदेखि ५५ वर्षभन्दा माथि ६४ वर्षभन्दा मुनिका नागरिकलाई खोप दिने सरकारको योजना छ ।
सम्बन्धित

प्रतिक्रिया