माओवादी केन्द्रीय कमिटी बैठक सुरु

नेपालखोज २०७७ चैत २ गते १२:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा नेताहरुले आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।

यसअघि आइतबार बसेको बैठकमा पार्टीको सांगठनिक अवस्थाका बारेमा नेताहरुले ब्रिफिङ गरेका थिए ।

यस्तै, माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फर्कन बैठकले निर्देशन दिएको थियो । पार्टीमा फर्किन निर्देशन दिए पनि शनिबारको स्थायी कमिटी बैठकले सरकारमा सहभागी तथा एमालेमा प्रवेश गरेको बारे २४ घण्टे स्पष्टिकरण सोधेको थियो । माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता भने लिएको छैन ।

प्रतिक्रिया