चन्द्रागिरीमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखोज २०७७ चैत २ गते १३:०८

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ देउरालीमा ट्रिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आइतबार राति प्रदेश २–०३–००१ क ०५९९ नम्बरको ट्रिपर आफैं अनियन्त्रित भई सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा ट्रिपर चालक मकवानपुर भिमाफेदी–२ का २५ वर्षीय विनोद बलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया