राष्ट्रपति भण्डारी बंगलादेश जाँदै

नेपालखोज २०७७ चैत २ गते १३:२१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी यही चैत दोस्रो साता दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।

राष्ट्रपति भण्डारी आगामी सोमबार अर्थात् चैत ९ गते बंगलादेश भ्रमणमा जाने भएकी हुन् ।

यसबारे अब बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक घोषणा गर्ने बताइएको छ ।

काठमाडौंस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया