म्यानमार दूतावास अगाडि शान्ति समाजको प्रदर्शन

काठमाडौं । नेपालस्थित म्यानमार दूतावास अगाडि मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।
म्यानमारमा सैनिक सत्ताद्वारा भइरहेको हत्या र दमनविरुद्ध, राजनीतिक बन्दीको बिनासर्त अविलम्ब रिहाइ र लोकतन्त्र बहालिको माग गर्दै ललितपुरको भैसेपाटीस्थित म्यानमार दूतावास अगाडि समाजले प्रदर्शन गरको हो ।
प्रदर्शनकारीले ‘म्यानमारः सैनिक शासन चाँहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर’ लेखिएका ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, समाजका सल्लाहकार एवं निवर्तमान सभापति उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल सहभागी थिए ।
त्यस्तै पूर्व उपसभापति रेनुका पौडेल, पूर्व महासचिव कुमारराज सुवेदी, सचिवद्वय नम्रता खरेल र बन्दना सिंह, कोषाध्यक्ष जगन्नाथ पुडासैनी, केन्द्रीय सदस्यहरु चन्द्रमणी बञ्जारा र सरस्वती ढकाल, सदस्यहरु बलबहादुर गाहा मगर, नानीकाजी गिरी, ईश्वर पुडासैनी, बटुकृष्ण ढुंगेल, गीता तिमल्सिना, दुर्गा राना, उमा गौतमसहित ६ दर्जन बढी अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया