सोमबार ७९ जना कोरोना संक्रमित थपिदा ७५ जना डिस्चार्ज

नेपालखोज २०७७ चैत २ गते १६:३४

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७९ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३ सय १० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार ७५ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ७१ हजार ४ सय १ पुगेको छ ।

मुलुकभर ८ सय ९५ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ४४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख १८ हजार ७ सय २२ पीसीआर परीक्षण भएका छन् ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १४ पुगेको छ ।

प्रतिक्रिया