नेपाल समूहका केन्द्रीय सदस्य र सांसदहरुको बैठक अर्याल होटलमा सुरु

नेपालखोज २०७७ चैत २ गते १६:४७

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ । नेता नेपालले सोमबार अपराह्न ४ बजे बानेश्वरस्थित अर्याल होटलमा आफू पक्षीय केन्द्रीय सदस्‍य र सांसदहरुको बैठक बोलाएका हुन् ।

नेपालले सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओली समूहसँग भएको छलफलबारे जानकारी दिएका छन् । ओली र नेपालबीचको वार्ता टर्रो भएपछि नेपालले अबको रणनीति बनाउन आफू पक्षीय नेताहरुलाई अर्याल होटलमा बोलाएका हुन् ।

माधव नेपालले २८ गतेको निर्णय फिर्ता लिन आग्रह गरेका थिए। साथै नेताले आगामी चैत ४–५ गते तय कार्यकर्ता भेला स्थगित गर्ने प्रस्ताव गरेपनि ओलीले अस्वीकार गरेका थिए।

वार्तामा ओलीका तर्फबाट ईश्वर पोखरेल र प्रदीप ज्ञवालीसहितका पाँच नेता तथा नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, रघुजी पन्त, भीम रावल, घनश्याम भुषाल र गोकर्ण विष्टसहितका नेता सहभागी थिए।

प्रतिक्रिया