अंग्रेजी अक्षर A बाट नाम सुरु हुने मानिस कस्ता हुन्छन् ? (भिडियोसहित)
A बाट नाम सुरु हुनेहरुको पर्सनालिटी एकदमै हाई किसिमको रहने गर्छ । हुर्काई, सिकाई, परिवार र समाजले पनि यसको प्रभाव पार्ने भए तापनि यिनीहरु आफ्नो क्षेत्रमा चिनिएका मानिसहरुमा पर्दछन् । यिनीहरु जुनसुकै क्षेत्रमा नेतृत्वमा बस्न रुचाउँछन् । यिनीहरुमा एकखाले लिडरसिप गर्ने खुबी हुन्छ । यिनीहरु ज्यादातर सक्सेसफुल हुन्छन् ।
जस्तोसुकै पारिवारिक अवस्थामा हुर्किएको भए पनि यिनीहरु सफल व्यक्तिको पहिचान बनाउँछन् । यिनीहरु कार्यालय, व्यवसाय, पार्टनरसिप हरेक क्षेत्रमा आफ्नो नेतृत्वमा काम भएको देख्न चाहन्छन् । यिनलाई कुनै न कुनै रुपमा एउटा क्षेत्रको नेतृत्वको मौका पनि मिल्छ । जब यिनको हातमा नेतृत्व आउँछ यी त्यसलाई राम्रोसँग निभाउन हर्दम तयार रहन्छन् । यिनीहरु आफूले सोचेको र चाहेको कुरा प्राप्त गर्न जीवनभर प्रयास गर्ने कारण चाहेको कुरा ढिलो चाँडो प्राप्त गरी छाड्छन् । तर, यिनीहरु चाहना नै कम गर्दछन् । यदि यिनीहरुले कुनै कुरा चाहे भने त्यो प्राप्त गर्न कडा मिहिनेत गर्दछन् । यहि विशेष खाले क्षमताको कारण यिनीहरु जीवनमा सफल भएका हुन्छन् ।
यी प्रायः आधा धार्मिक आधा अधार्मिक स्वभावका हुन्छन् । यिनीहरुले आफ्नो नेतृत्वमा भएको राम्रो कामको जस आफैं लिन्छन् । काम थोरै बिग्रिएको खण्डमा यिनीहरु भगवानलाई धेरै सम्झन्छन् । यिनीहरु अर्काको अगाडि आफ्नो दुःख देखाएर रुँदैनन् । तर, यी ज्यादै भावुक व्यक्ति हुन्छन् । यिनीहरु एकान्तमा बसेर रुन्छन् । यिनीहरु आफ्ना बालबच्चाको भविष्यमाथि ज्यादै बिचार गर्छन् । यिनले बालबच्चालाई एकदमै राम्रो संस्कार दिने कोसिस गरेका हुन्छन् । कहिलेकाँहि बालबच्चाबाट राम्रो व्यवहार नपाउँदा यिनीहरु मनमनै बडो दुःखी हुन्छन् ।
अर्कोतर्फ यिनीहरु बचपनबाट नै तेज दिमाग भएका हुन्छन् । यिनीहरु कक्षामा प्रथम श्रेणीका विद्यार्थीका रुपमा रहेका हुन्छन् । यिनीहरु सिकाएको कुरा एकदमै छिटो टिप्ने कारण अन्य व्यक्तिको तुलनामा अल्छी स्वभावका हुन्छन् । यिनीहरुलाई पढाई लेखाईको प्रतिस्पर्धामा अरुले जित्ने चान्स अल्छ्याईंको कारण मात्र हुन्छ । यिनीहरु आफ्नो क्षमतालाई कम प्रयोग गर्ने कारण कहिलेकाँहि निरास पनि भइरहेका हुन्छन् ।
यिनीहरु आफ्नो पारिवारिक अवस्था अनुसार फाइनान्सियल रुपमा मजबुत हुन्छन् । आफूले चाहेको काम गर्न यिनले कसैसँग पनि फाइनान्सियल सहयोगको लागि हात जोर्न पर्दैन । यिनीहरु A ,S, R अक्षरबाट नाम हुने मानिससँग ज्यादातर प्रेममा परेको पाइन्छ । यिनीहरुको धेरै कुरामा आफैं सक्षम हुनाको कारण वैवाहिक जीवनमा सामान्य खटपट भइ नै रहन्छ । माथि बताइएको अक्षरका मान्छेहरुसँग भने यिनको सम्बन्ध मजबुत रहन्छ ।
यिनलाई नामको भोक हुन्छ । यिनले गरेको कामको नाम अरु मानिसले लाखौं रुपैंयामा पनि किन्न सक्तैनन् । बरु यिनीहरु कम पैसामा काम गर्न मन पराउँछन् तर आफ्नो कामको नाम यिनीहरु लिएर नै छाड्छन् । आधुनिक विद्याहरुका अलावा यिनीहरु प्राचीन विद्याहरुको बारेमा पनि खोज गरिरहेका हुन्छन् । यिनीहरु नेतृत्वमा रहेर काम गर्ने कारण आफूभन्दा ठूलो पोष्टका मान्छेबाट गाली पनि धेरै खाइरहेका हुन्छन् । यिनीहरु अन्य व्यक्तिहरुलाई कमै मात्र हानी पुर्याउँछन् तर कसैले आफूलाई हानी पुर्याउने काम गरेको खण्डमा माफ गर्दैनन् । यिनीहरुलाई कामको निकै प्रेसर हुन्छ । त्यसैकारण यिनीहरु कहिलेकाँहि डिप्रेस पनि हुन सक्छन् । यिनलाई गलत इरादाले सल्लाह दिने मान्छे पनि धेरै हुन सक्छन् । यिनीहरु क्षमतावाला मान्छेलाई छिटो पहिचान गर्न सक्ने खुबीका भए तापनि सल्लाह दिने मान्छेको कुरा सुनिराख्छन् ।
यद्यपि सबै कुरा नामको अक्षरबाट मात्र निर्धारण गर्न सकिँदैन । यसको लागि समग्र जन्म कुण्डली र त्यसको विश्लेषण गर्नुपर्ने हुन्छ ।
पं हरिकृष्ण खतिवडा
भिडियो
प्रतिक्रिया