सोमबार, वैशाख १५, २०८२

श्रीलंकामा हजार बढी इस्लामिक स्कूलहरु बन्द

नेपालखोज २०७७ चैत ३ गते ५:४२

श्रीलंका । श्रीलंका सरकारका एक बरिष्ठ मन्त्रीले मुस्लिम महिलाहरुले लगाउने बुर्कामाथि प्रतिबन्ध लगाउने घोषणा गर्दै एक हजार भन्दा बढी इस्लामिक स्कूलहरू एकसाथ बन्द गर्ने घोषणा शानिबार गरेका छन । उनको घोषणा अतिवादी मुस्लिम सगठनहरुलाई बलियो झापड मानिएको छ ।

एएनआईका अनुसार श्रीलंकाका जनसुरक्षा मन्त्री सारथे वीरासेकेराले पत्रकारहरुलाई भने उनले बुर्का लगाउने प्रतिबन्धलाई अगाडि बढाउन एउटा निर्देशनमा हस्ताक्षर गरेका छन । किनकि यो धार्मिक अतिबादको संकेत हो यसले अतिबादलाई जन्माएको छ । कोलोम्बो टाइम्सका अनुसार उनले यस कदमको आबश्यकताको बारेमा जोड दिदै भनेका छन बुर्काले देशको राष्ट्रिय सुरक्षामा सीधा असर पार्छ र यो हाम्रो राष्टिय सुरक्षाको लागि पनि खतरा हो । त्यसैले पनि बुर्कामाथि प्रतिबन्ध लगाउनै पर्छ ।

प्रतिक्रिया