मंगलबार, असार १७, २०८२

प्रतिनिधिसभा बैठक सुरु

नेपालखोज २०७७ चैत ३ गते १३:०८

काठमाडौं । सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको बैठक अहिले १ बजे सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बसिरहेको हो । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने सम्भावित कार्यसूची तय भएको छ ।

यसैगरी सभामुखले संविधानसभा सदस्य दिनेशचन्द्र यादवका निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद्को सचिवालयले जनाएको छ । प्रतिनिधिसभा पुनःस्थापना गत फागुन ११ गते भएपछि आज तेस्रो पटक बैठक बसेको हो । यसअघि गत माघ २३ र २६ गते बैठक बसेको थियो । प्रतिनिधिसभाको बैठक सञ्चालन तयारीका लागि सोमबार कार्यव्यवस्था परमर्श समितिको बैठकसमेत बसेको थियो । सरकारको सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकामा रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले पुनःस्थापना गर्ने फैसला सुनाएको थियो ।

प्रतिक्रिया