आइतबार, वैशाख ३०, २०८१

बोरामा प्याक गरिएको अवस्थामा महिलाको शव फेला, श्रीमान फरार

नेपालखोज २०७७ चैत ३ गते १३:५०

काठमाडौं । बोरामा प्याक गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका १४ बल्खु सुकुम्बासी बस्ती बस्ने २७ वर्षीया सन्तोषी श्रेष्ठ सापकोटा सोमवार मृत फेला परेकी हुन् ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले टोली घटनास्थल पुगेको थियो । मृतकको श्रीमान फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया