शुक्रबार, चैत १६, २०८०

भारतमा काेराेनाबाट मृत्यु हुनेकाे शव जलाउनै हम्मे !

नेपालखोज २०७८ वैशाख २ गते ११:४९

भारत । भारतमा कोभिड–१९ को कारण मृत्यु हुनेहरुकाे शव जलाउनै हम्मेहम्मे परेकाे छ ।

हरेक दिन कोरोना भाइरसका कारण डेढ लाखभन्दा बढी संक्रमणका केस सार्वजनिक भइरहेकाे कारण मृतककाे संख्या पनि ह्वात्तै बढेकाे छ ।

जसका कारण संक्रमितहरूले उपचारका लागि अस्पतालमा लामो समयसम्म कुर्नुपर्ने मात्रै होइन, शव जलाउनसमेत १२ घन्टासम्म कुर्नुपर्ने अवस्था आएको छ । जाे कहालीलाग्दाे अवस्था हाे ।


महाराष्ट्रमा मात्र मंगलबार दुई सय ८१ जनाको मृत्यु भएको छ । दिल्ली, गुजरात, युपी, मध्यप्रदेश, तमिलनाडु, केरल र कर्नाटक राज्यमा पनि मृत्युदर कहालीलाग्दाे अवस्थामा छ ।

भारतका कुल संक्रमितमध्ये ८० प्रतिशत यिनै राज्यमा छन् । यसमध्ये पनि महाराष्ट्र सबैभन्दा नराम्रोसँग प्रभावित बनेको छ । यी विविध कारणले भारतमा शव जलाउनै हम्मेहम्मे परेकाे भारतीय सञ्चार माध्यमहरुमा बताइएकाे छ ।

 


प्रतिक्रिया