सोमबार, वैशाख १५, २०८२

अमेरिकालाई दुर्गन्ध नफैलाउन किम जोङ उनकी बहिनीको चेतावनी

नेपालखोज २०७७ चैत ३ गते १४:०१

एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो-जङले कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहेको अमेरिकालाई दुर्गन्ध नफैलाउन चेतावनी दिएकी छन् ।

अहिले अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरियाली नीति सार्वजनिक तयारी गरिरहेका छन् । साथै यो-जङले दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरेकी छन् ।उनले भनिन्, ‘अमेरिकी नयाँ प्रशासनले समुद्रपारिको हाम्रो भूमिमा बारुदको गन्ध फैलाउने सङ्घर्ष गरिरहेको छ । चार वर्षसम्म चैनको निद्रा लिन मन छ भने दुर्गन्ध फैलाउनबाट टाढै बस्दा राम्रो हुन्छ ।’

एक सरकारी सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै उनले दक्षिण कोरियाको सहर सोलमा अमेरिकी अधिकारी पुग्नुभन्दा एक दिन पहिला यस्तो प्रतिक्रिया दिएकी हुन । अमेरिकाले भने उत्तर कोरियासँग राजनीतिक सम्पर्क बनाउने कोसिस गरे पनि विफल भएको बताएको छ ।

उत्तर कोरियाले अझै पनि आधिकारिक रूपमा बाइडेनलाई अमेरिकी राष्ट्रपति स्वीकार गरेको छैन । उत्तर कोरियाको परमाणु र ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण दुई देशबीच तनाव बढिरहेको हो ।

प्रतिक्रिया