बर्दियामा बाघको बिगबिगी, निउरो टिप्न गएकी महिलालाई पाटेबाघले लग्यो

नेपालखोज २०७७ चैत ३ गते १६:३५

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघले महिलालाई लगेको छ । निउरो टिप्न गएका तीन महिलामध्ये ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ की ५५ वर्षीया डल्ली रावतलाई बाघले लगेको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।

अहिले पाटेबाघले लगेकी महिलाको खोजी भइरहेको निकुञ्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले जानकारी दिए । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रबाट बाघको आक्रमणबाट यो वर्ष मात्रै नौ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया