शुक्रबार, वैशाख १२, २०८२

कोभिड अपडेट : थपिए ११४ संक्रमित, मृत्यु हुनेको संख्या शून्य

नेपालखोज २०७७ चैत ३ गते १६:४८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११४ जना कोभिड-१९ संक्रमित थपिएका छन् । विगत २४ घण्टामा दुई हजार ७९० जनाको पीसीआर परीक्षण गर्दा ११४ जनाको नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ ।

त्यस्तै वितेको २४ घण्टामा ९४ जना संक्रमणमुक्त भएका छन् योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या २ लाख ७१ हजार ४९५ जना पुगेको छ । हाल क्वारेन्टिनमा ५१ जना छन् भने आइसोलेसनमा ९१५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या भने शून्य छ । यसअघि शनिबारसम्म नेपालमा कोभिड १९ का कारण तीन हजार १४ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया