मंगलबार, वैशाख ३०, २०८२

त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगिताको खेल तालिका सावर्जनिक

नेपालखोज २०७७ चैत ३ गते १७:२८

काठमाडौं । नेपाल, बङ्गलादेश र किर्गिस्तानले खेल्ने त्रिदेशीय फुटबल प्रतियोगिताको तालिका सार्वजनिक भएको छ । काठमाण्डौको दशरथ रङ्गशालामा चैत १० गते बङ्गलादेश र किर्गिस्तानले उद्घाटन खेल खेल्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

यस्तै नेपालले चैत १२ गते किर्गिस्तान र १४ गते बङ्गलादेशसँग खेल्नेछ । फाइनल खेल चैत १६ गते हुने तालिका छ । सबै खेल बेलुकी साढे पाँच बजे दशरथ रङ्गशालामा हुनेछ ।

प्रतियोगितामा नेपाल र बङ्गलादेशको सिनियर राष्ट्रिय टोलीको सहभागिता हुने भए पनि किर्गिस्तानको भने २३ वर्षमुनिको टोली सहभागी हुनेछ । विश्वकप छनोटअन्तर्गतका घरेलु मैदानमा हुने खेल स्थगित भएपछि नेपालले मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।

प्रतिक्रिया