सात महिनामा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा देशमा ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थितिको प्रतिवेदनले रेमिट्यान्स आप्रवाह ११ प्रतिशतले वृद्धि भएको देखाएको हो । जबकी गत वर्ष यस अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ६७.४ प्रतिशतले घटेको छ ।अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो ।
त्यस्तै, सात महिनामा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया