बिहीबार, चैत १५, २०८०

मुम्बई इन्डियन्स र कोलकाता नाइराइडर्स भिड्दै

नेपालखोज २०७७ चैत ३१ गते १२:१३

काठमाडाैं । इन्डियन प्रिमियर लिग अन्तर्गत आज मुम्बई इन्डियन्स र कोलकाता नाइराइडर्सबीचको खेल हुँदैछ । खेल चेन्नईको चेपक स्टेडियममा हुनेछ । साे खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजे सुरु हुने आयाेजकले बताएकाे छ ।

कोलकाताले आइतबार रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादलाई रोमाञ्चक खेलमा १० रनले हराएको थियो । कप्तान इयोन मोर्गन आफ्नो जीतको लयलाई कायम राख्न मैदानमा उत्रनेछन् । उता, मुम्बईसँग कोलकातालाई लगातार चौथो खेलमा पराजित गर्ने मौका रहेको छ । गत सिजन दुबै खेलमा मुम्बईले कोलकातालाई हराएको थियो । पहिलो खेलमा मुम्बईलाई रोयल च्यालेन्जर्स बैंग्लुरुले २ विकेटले हराएको थियो ।

हेड टु हेड रेकर्डमा दुई टोलीबीच हालसम्म २७ खेल भएका छन् । यसमध्ये मुम्बईले २१ वटामा जीत हासिल गरेको छ भने कोलकाताले मात्र ६ वटा खेल जितेको छ ।

प्रतिक्रिया