मंगलबार, वैशाख ३०, २०८२

‘सी’ डिभिजन लिग : समाज कल्याण र सामाजिक युवा क्लबको सुखद सुरुवात

नेपालखोज २०७७ चैत ३ गते २०:३४

काठमाडौं । समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लबले सहिद स्मारक ‘सी’ डिजिजन लिग फुटबलमा विजयी सुरुवात गरेका छन् ।

सातदोबाटोमा रहेको एन्फा मुख्यालयको मैदानमा मङ्गलबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद केन्द्रले पुरानो क्लब सानोगौचरण युथ क्लबलाई तीन–दुई गोल अन्तरले पराजित गर्‍यो । अर्को खेलमा सामाजिक युवा क्लबले स्वयम्भू क्लबलाई पनि तीन–दुईले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो ।

पहिलो खेलमा समाज कल्याणलाई जिताउन रूपेश अधिकारी, राकेश विश्वकर्मा र शरद राईले एकरएक गोल गर्दा उर्गेन लामा र रमण तामाङले सानो गौचरणका लागि एकरएक गोल फर्काएका थिए ।

त्यस्तै दोस्रो खेलमा सामाजिक युवा क्लबलाई जिताउन वसन्तबहादुर रानाले ह्याट्रिक गर्दा दुई गोल गरेको स्वयम्भूका लागि महेश लामा र विकी राईले एकरएक गोल गरेका थिए ।

लिगमा बुधवार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड तथा वीरगञ्ज युथ एकेडेमी र झापा एफसीबीच खेल हुनेछ ।

प्रतिक्रिया