मंगलबार, वैशाख ३०, २०८२

म्यानचेष्टर सिटी अन्तिम आठमा

नेपालखोज २०७७ चैत ४ गते ८:४८


एजेन्सी । जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई पन्छाउँदै इंग्लिस क्लब म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया मन्छेनग्लाडबाखलाई २-० ले पराजित गर्दै सिटी अन्तिम आठमा पुगेको हो ।

सिटी जर्मन क्लबविरुद्ध समग्रमा ४-० को जितसहित अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा सिटीले २-० कै जित निकालेको थियो ।

गएरातिको खेलमा सिटीलाई जित दिलाउनका लागि केभिन डी ब्रुएन र इल्के गुन्डोगानले एक एक गोल गरे । केभिनले खेलको १२औँ मिनेटमा र १८औँ मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई २-० को सहज जित दिलाए ।

दोस्रो लिगमा जितसँगै सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भएको छ । सिटी लगातार चौंथो सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा पुगेको हो । 

प्रतिक्रिया