आजदेखि नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला
नेपालखोज
२०७७ चैत ४ गते १०:२४

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल-माधव नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ । बुधबार र बिहीबार चल्ने भेलामा देशभरबाट उक्त समूहका नेता/कार्यकर्ता काठमाडौँ आइसकेका छन् भने कतिपय आउँदैछन् । आज विहान ११ बजे ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा भेला आयोजना गरिएको सो समूहले जनाएको छ
मंगलबार नै तयारी पूरा भएको भन्दै सो समूहले पत्रकार सम्मेलन पनि आयोजना गरिसकेको छ । यस कार्यकर्ता भेलाले ओलीलाई दबाब दिने बताइएको छ ।
ओलीले केन्द्रीय कमिटी बैठकका निर्णय खारेज गरेर केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने उनीहरुको माग छ । पार्टीको एकता असफल बनाउने कार्यको विरोध गर्न उक्त समूहले कार्यकर्तालाई आग्रह गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया