शुक्रबार, वैशाख १२, २०८२

वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

नेपालखोज २०७७ चैत ४ गते ११:२४

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चैत १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालुपूँजी कर्जाको अधिकतम प्रिमियम दर घटाएको छ । बैंकले शुन्य दशमलव ५० प्रतिशतले घटाएको जानकारी दिएको छ ।

बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको तीन दशमलव २५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई दुुई दशमलव ७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो ।

बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालुपूँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा २४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रतिक्रिया