नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । बिहीबारसम्म चल्ने भेला आज सानेपास्थित हेरिटेज गार्डेनभेलामा सुरु भएको हो । भेलामा सहभागी हुन देशभरबाट समूहका नेता/कार्यकर्ताको सहभागिता छ ।
केही दिनअघि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल समूहले छलफल गरेको थियो । तर छलफल सकरात्मक नभएपछि यो समूहले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको थियो । ओलीसँगको छलफलपछि नेता नेपालले सोमबार आफ्नो समूहका केन्द्रीय सदस्य, सांसदलगायतलाई ब्रिफिङ गरेका थिए ।
अध्यक्ष ओलीले नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेका थिए । पार्टीमा ओलीले एकलौटी गरेपछि नेपाल समूहले भेला आयोजना गरेको हो । आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए । नेता नेपालले सहकार्य सहज नरहेको बैठकमा बिफ्रिङ गरेका थिए ।

प्रतिक्रिया