नेप्सेले सोध्यो निफ्रालाई स्पष्टीकरण

काठमाडौ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले तीन कार्यदिन भित्र स्पष्टीकरण पेश गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई निर्देशन दिएको छ । नेप्सेले बुुधबार बैंकलाई पत्राचार गर्दे २०७७ चैत तीन गतेको निर्णय अनुुसार पत्र पाएको मितीले तीन कार्यदिन स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।
नेप्सेले पत्र मार्फत भनेको छ, उपयुुक्त सम्वन्धमा यस लिमिटेडमा सुचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सम्वन्धमा कुनै एक अनलाईन पत्रिकामा प्रकाशित नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ३० मिलियन डलरको बण्ड ल्याउने, लण्डन स्टक एक्सचेन्जमा सुचीकृत हुुने शिर्षक सम्वन्धी समाचार सम्वन्धमा सत्य तथ्य के कसो भएको हो ? चालु आर्थिक बर्ष भित्रमा नै ८.५ प्रतिसतको व्याज तोकी त्यस कम्पनीले बण्ड जारी गर्ने र सो लण्डन स्टक एक्सचेन्जमा सुचीकृत हुने भन्ने समाचार के कति मात्रामा सत्य हो ? निफ्राले रणनीतिक साझेदार भित्र्याउने बिषयमा को संग के कस्तो छलफल भएको हो ? त्यस कम्पनीले बैंक तथा बित्तीय संस्थाको लागि पनि बण्ड जारी गर्ने भन्ने समाचार कति मात्रामा सत्य हो, होईन ? इन्स्योरेन्स कम्पनीहरुले खरिद गर्ने भनिएको बण्डको सम्वन्धमा के कति मात्रामा कस्तो छलफल अघि बढाईएको हो ?
कम्पनीको मुुनाफाबाट १० प्रतिशत लाभांस बितरण गर्ने जस्ता धितोपत्रको मुल्यमा प्रभाव पार्ने संंवेदनशिल सुचना तथा जानकारी सम्वन्धीत निकायमा जानकारी गराउन नआउँदै के कति कारणले यस्तो प्रचार गरिएको हो ? यही चैत तीन गतेको मितीले तीन कार्य दिनभित्र सो सम्वन्धमा स्पष्टीकरण दिनुुहोला पत्रमा भनिएको छ ।

प्रतिक्रिया