बहराइनका राजकुमारले अनुमतिबिनै कोरोना खोप नेपाल ल्याए

काठमाडौं । नेपालका औषधि नियामकले बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल–खलिफाले नेपालमा कोभिड–१९ (कोरोना भाइरस) खोप ल्याएको विषयमा अनुसन्धान गरिरहेको जनाएका छन् ।
बहराइनका राजकुमार अस्ट्राजेनेका खोपको दुई हजार डोजसहित सगरमाथा आरोहणका लागि गएको सोमवार नेपाल आएका थिए । नेपालमा खोप ल्याउन पूर्वस्वीकृति आवश्यक पर्छ ।
बहराइनका राजकुमारले गोरखा जिल्लाका केही मानिसलाई त्यो खोप दिन चाहेको बहराइन दूतावासले नेपाली सञ्चारमाध्यमहरुलाई जनाएका छन् । राजकुमार अल खलिफाको भ्रमणको व्यवस्थापान गरिरहेको सेभेन समिट ट्रेकका प्रवक्ता थानेश्वर गुरागाईंले मङ्गलवार ‘द हिमालयन टाइम्स’ लाई बताएअनुसार सात दिनको क्वरेण्टीन बसाइपछि राजकुमारको टोली गोरखाको चुमनव्री गाउँपालिका जानेछ ।
त्यही पालिकाको सामागाउँका मानसलाई दुई हजार डोज अस्ट्राजेनेका खोप दिने योजना बनाइएको उनले बताए । त्यसपछि राजकुमार र उनको टोलीले सगरमाथा चढ्ने योजना रहेको गुरागाईँले जानकारी दिए ।

प्रतिक्रिया